Search Via Bank

७ समय बचतका फाइदाहरु मोबाइल बैंकिङबाटै सजिलै पाउनुहोस्

हालै भएको राष्ट्रिय जनगणना २०७८ अनुसार, नेपालको कुल जनसंख्या मध्ये ७३.२% मानिसहरुले मोबाइल फोन चलाउने गरेको पाइन्छ। आजको डिजिटल दुनियाँमा, मोबाइल प्रविधिको कारण हाम्रो जीवनको शैली पूर्ण रूपमा परिवर्तन भएको छ र यसले हाम्रो दैनिक गतिविधिहरूमा समेत परिवर्तन ल्याएको छ। आधुनिक प्रविधिको विकास हुँदै जाँदा हामीले अझै उत्साहजनक विकासको आशा गर्न सक्छौँ। मोबाइल फोनहरू व्यापक प्रयोगमा आए संगै विश्वभरका व्यक्तिहरु सँग सम्पर्क गर्न सजिलो भएको छ। मोबाइल प्रविधिले दूरीका बाधाहरूलाई हटाई तत्काल संचार प्रदान गरेको हामीले देख्न सक्छौँ।

मोबाइल प्रविधिको विकासले धेरै क्षेत्रहरुमा सकारात्मक परिवर्तन आएको हामीले देख्न सक्छौँ। अन्य धेरै क्षेत्रहरु मध्ये यसले बैंकिङ क्षेत्रमा पनि सहज र सरलताको परिवर्तन ल्याएको छ। यसले बैंकिङको जगतलाई क्रान्तिकारी रूपमा परिवर्तन गरेको छ जसको कारण मोबाइल बैंकिङको उत्थानमा सहयोग पुर्याएको छ। मोबाइल बैंकिङको सुचारू पछि अहिले हामीले सामान्य बैंकिङ सेवा पाउन बैंक नै पूग्नु पर्दैन जसले गर्दा हाम्रो अमूल्य समयको बचत भएको छ। आजको दिनमा हामीले बैंकको सुविधा घरमै बसी सजिलै सँग प्राप्त गर्न सकिन्छ। आजको येस लेखमा हामीले मोबाइल बैंकिङबाटै पाउन सक्ने सात समय बचतका फाइदाहरू बारे जानकारी दिनेछौँ।

१. बिल पेमेन्ट

मोबाइल बैंकिङको बिल पेमेन्ट विशेषता मार्फत हामीले सजिलै सँग बिलको भुक्तानी गर्न सकिन्छ। मोबाइल बैंकिङबाट ग्राहकहरुले बिजुली, पानी, केबल लाइन, र  इन्टरनेटको बिल सहज तरिकाले तिर्न सक्छन। यसले हरेक कार्यालयमा गई लाइन बसेर पैसा तिर्नु पर्ने समस्याको समाधान गरेको छ। जुनसुकै ठाउँबाट पनि सजिलै सँग बिलको भुक्तानी गर्ने मिल्ने भएको कारण यसले हाम्रो बहुमुल्य समयको बचत गरेको छ। साथै अहिले देशभर ११ लाख भन्दा बढी क्यु.र (QR) मर्चेन्ट छन् जसले गर्दा हामीले खरिद गरेको कुनैपनि सामानको पैसा मोबाइल बैंकिङ बाटै सजिलै सँग तिर्न सक्छौँ।

२. मोबाइल ब्यालेन्स रिचार्ज

मोबाइल बैंकिङबाट प्रदान गरिएको मोबाइल टोप-उप (Top Up) विशेषता मार्फत आफ्नो मोबाइल नम्बरको ब्यालेन्स रिचार्ज गर्न सकिन्छ। मोबाइल बैंकिङबाटै रिचार्ज गर्न मिल्ने हुदा यसले पसलमा गएर रिचार्ज कार्ड किन्नु पर्ने झन्झटलाई हटाई दिएको छ जसले गर्दा हाम्रो समय बचतमा अनुदान गरेको छ। मात्र इन्टरनेट उपलब्धता भएको ठाउँबाट सजिलै सँग आफ्नो मोबाइल ब्यालेन्स जुनसुकै समयमा पनि रिचार्ज गर्न सकिन्छ।

३. बैंकिङ विवरण

मोबाइल बैंकिङको धेरै विशेषताहरु मध्ये आफ्नै मोबाइलमा बैंकिङ कारोबारहरूको विवरण हेर्न मिल्ने हो। मोबाइल बैंकिङबाट हाम्रो खाताको विवरण, लेनदेन, र वित्तिय स्थिति जान्न पनि सहयोग पुर्‍याउँछ। अब हामीले सजिलै मोबाइल फोनबाट आफ्नो खाताको विवरण जाँच गरेर आफ्नो वित्तिय स्थितिको विश्लेषण गर्न सकिन्छौँ। तसर्थ, आफ्नो बैंकिङ विवरणहरु हेर्ने बैंकमै  जानु नपर्ने र मोबाइल बैंकिङबाटै सहज तरिकाले हेर्न मिल्ने भएकोले यसले हाम्रो समय बचतमा सहायता पुर्याएको छ।

४.फन्ड ट्रान्सफर

मोबाइल बैंकिङको फन्ड ट्रान्सफर विशेषता आजको दिनमा अत्यधिक महत्त्वपूर्ण भएको छ। पहिले पहिले एउटा बैंकबाट अर्को बैंकमा पैसा पठाउन घन्टौं समय लाग्ने काम अहिले मोबाइल बैंकिङबाट सजिलै र तीव्रतामा गर्न सकिन्छ। अब हामीले आफ्नै घरमा बसी आफ्नो आफन्त वा अरु जो सुकैलाई पनि पैसा ट्रान्सफर गर्न सक्छौँ। यसले हाम्रो असल जीवनमा समय बचतको ठुलो भूमिका निभाएको छ। साथै मोबाइल बैंकिङको सुरक्षित र भरपर्दो सुविधाबाट हामीले आफ्नो पैसा सुरक्षित तरिकाले ट्रान्सफर गर्न सक्छौँ।

५. फोन लोन

मोबाइल बैंकिङबाट प्रदान गरिएको फोन लोन सुविधाले धेरैको जीवनमा सहायता पुर्याएको छ। अब हामी सजिलै र तीव्रतामा मोबाइल फोनबाटै ऋण प्राप्त गर्न सक्छौँ। बिना कुनै धितो, कागजपत्र र बैंकमै नगई हामीले मोबाइल बैंकिङबाटै रु. २ लाख सम्मको ऋण प्राप्त गर्न सक्छौँ। यसरी मोबाइल बैंकिङबाटै लोन लिन मिल्ने सेवाले हाम्रो समय बचतमा सहायता पुर्याएको छ। यद्यपि फोन लोन चाँहि सबै बैंकमा उपलब्ध गराएको छैन। फोन लोन कुन कुन बैंकमा उपलब्ध छ जान्नको लागि फोन लोनको वेबसाइटबाट जानकारी लिनुहोस्। साथै फोन लोनले गर्दा बैंकमा गएर कागजपत्रहरू बुझौउनु पर्ने झन्झटबाट पनि हामी उन्मुक्त भएका छौ।

६. एयरलाइन्स टिकट बुकिङ

मोबाइल बैंकिङको एयरलाइन्स टिकट बुकिङ सेवाले हाम्रो यात्रा प्रबन्धमा अत्यधिक सुविधा प्रदान गरिएको छ। यसले हाम्रो यात्रा योजनालाई धेरै सहज बनाइ दिएको छ जसले गर्दा हाम्रो समय र पैसा बँचाउनुमा सहयोग गरेको छ। अब हामीले सजिलै मोबाइल फोनबाट एयरलाइन्स टिकट बुक गरी हाम्रो यात्रालाई अधिक सुविधाजनक बनाउन सक्छौँ।

७. सरकारी राजस्व भुक्तानी

मोबाइल बैंकिङबाट सरकारी राजस्व भुक्तानी सजिलै सँग गर्न मिल्ने भएकोले यसले हाम्रो समय बचतमा अनुदान गरेको छ। अब मोबाइल बैंकिङबाटै हामीले ट्राफिक प्रहरी जरिवाना लगायत स्थानिय सरकारी राजस्वको भुक्तानी सजिलै सँग गर्न सक्छौँ। 

आजै आफ्नो बैंकको मोबाइल बैंकिङ एप्‍प डाउनलोड गर्नुहोस् र माथि उल्लेखित गरिएका सबै सेवाहरू प्रयोग गरी आफ्नो बहुमुल्य समयको बचत गर्नुहोस्। मोबाइल बैंकिङ सम्बन्धित यसतै जानकारीमूलक सूचनाहरुको लागि हाम्रो सामाजिक संजाल इन्स्टाग्रामफेसबुकमा फोलो गर्नुहोस्।


Similar Recent Articles

मोबाइल बैंकिङ्गबाटै तुरुन्तै लोन प्राप्त गर्नुहोस् र कागजातको झन्झट छोड्नुहोस् - Featured Image

मोबाइल बैंकिङ्गबाटै तुरुन्तै लोन प्राप्त गर्नुहोस् र कागजातको झन्झट छोड्नुहोस्

फोनलोन एक डिजिटल लेन्डिङ प्लेटफर्म हो जसले व्यक्तिहरूलाई तत्काल लोन प्रदान गर्दछ। साथै, फोनलोनले लोन...

Continue Reading
The Future of Mobile Banking in Nepal - Featured Image

The Future of Mobile Banking in Nepal

Transporting back ten years in time you’re out shopping and forget your wallet, you’d immediately pa...

Continue Reading
Dish Home TV को Recharge गर्न अझै धेरै सजिलो - मोबाइल बैंकिङ्गबाटै बिना कुनै झन्झट रिचार्ज गर्नुहोस् - Featured Image

Dish Home TV को Recharge गर्न अझै धेरै सजिलो - मोबाइल बैंकिङ्गबाटै बिना कुनै झन्झट रिचार्ज गर्नुहोस्

Dish Home नेपालको अग्रणी DTH सेवा प्रदायक हो जसले डिजिटल HD TV च्यानलहरू प्रदान गर्दछ। नेपाल भर उच्च...

Continue Reading