Search Via Bank

मोबाइल बैंकिङ्गबाटै तुरुन्तै लोन प्राप्त गर्नुहोस् र कागजातको झन्झट छोड्नुहोस्

आजको द्रुत-गतिको वित्तीय संसारमा, जीवन अप्रत्याशित छ र आर्थिक समस्या जो कसैलाई पनि आकस्मिक आउन सक्छ। चाहे त्यो अचानक मेडिकल खर्चलाई होस् वा घर मर्मतका लागि सामान लिन हो, कुनै पनि मानिसलाई तत्काल पैसाको आवश्यक पर्न सक्छ। यस्तो अवस्थामा जब तपाई सँग पैसाको अभाव हुदा, लोन लिनु एक प्रभावकारी तरिका हुन सक्छ। त्यसै गरी, जब तपाई लामो छुट्टीको योजना गर्दा ​​​​वा सीमित स्टकमा रहेको नयाँ फोन लिन चाहिएको बेला आफ्नो बजेटमा कमी हुदा पनि सानो लोन लिएर आफ्नो इच्छा पूरा गर्न सकिन्छ। यद्यपि, नेपालको सन्दर्भमा भने, लोन आवेदन प्रक्रियामा ठूलो बाधा छ जसको कारण सम्भावित उधारकर्ताहरुलाई कठिनाइ भई रहेको छ। उधारकर्तालाई सानो रकमको लोन चाहिने बेलामा पनि, आफ्नो लोन रकम स्वीकृत गर्न जटिल प्रक्रियाहरु पार गर्नुपर्छ। यसबाहेक, अधिकांश वित्तीय संस्थाहरुले थोरै रकमको लोन पनि दिँदैनन्।

यी परिस्थितिहरुमा, बिना कुनै कागजी कामको झन्झट, बैंक जना पनि नपर्ने र तत्काल लोन स्वीकृति प्रदान गर्ने वित्तीय संस्थाहरुले महत्त्वपूर्ण भूमिका खेल्छन्। यस्तो संसारमा जहाँ आर्थिक आवश्यकताहरु कुनैपनि समयमा आकस्मिक रूपमा उत्पन्न हुन सक्छन् र सोहि समयमा झन्झटमुक्त लोन प्राप्त गर्दा सक्दा धेरै मानिसहरुलाई सजिलो हुन्छ। यस्तो समस्याको समाधानको लागि फोनलोनको सुचारु भएको हो। तपाईको तत्काल वित्तीय आवश्यकताहरुको लागि मोबाइल बैंकिङ्गबाटै सजिलै लोन फोनलोनबाट प्राप्त गर्न सकिनेछ। अहिलेको डिजिटल युगमा लोन आवेदन प्रक्रियालाई फोनलोनले सहज बनाउदै आएको छ। तपाईले बिना कुनै धितो, कागजात र बैंक पनि नगई सजिलै आफ्नो मोबाइल बैंकिङ्ग मार्फत रु. २ लाख सम्मको लोन प्राप्त गर्न सकिन्छ।

के हो फोनलोन भनेको?

फोनलोन एक डिजिटल लेन्डिङ प्लेटफर्म हो जसले व्यक्तिहरूलाई तत्काल लोन प्रदान गर्दछ। साथै, फोनलोनले लोन आवेदन प्रक्रियालाई अझ प्रभावकारी र प्रयोगकर्ता-अनुकूल बनाउनको लागि अत्याधुनिक प्रविधिको प्रयोग गर्दछ। मोबाइल बैंकिङ्गबाटै सिधै लोन लिन मिल्द धेरै व्यक्तिहरुलाई सहज भएको छ। हाल फोनलोन अहिले तलब खाता भएका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले मात्र प्राप्त गर्न सकिन्छ। फोनलोनको सुविधा सुचारु भए देखि आज सम्म रु. ४ अर्ब बराबरको लोन रकम वितरण भईसकेको छ। यद्यपि, मोबाइल बैंकिङ्गबाट सबैले लोन प्राप्त गर्न सक्ने छैन। मोबाइल बैंकिङ्गबाट फोनलोनको लागि योग्य हुन तलब खाता चाहिनेछ साथै सोहि खातामा लगातार तलब प्राप्त भएको हुनुपर्छ। लोन लिन मिल्ने रकम हरेक उधारकर्ताको फरक हुनेछ।

 

फोनलोनको डिजिटल लेन्डिङ सेवा अन्तर्गत तीन प्रकारका लोन प्राप्त गर्न सकिन्छ । पहिलो, पे डे लोन, जसमा उधारकर्तालाई एक महिनाभन्दा कम अवधि वा तलब नआउन्जेल सम्मका लागि लिन पाइन्छ। यसमा तलबभन्दा बढी रकमको लोन लिन पाइँदैन। तलब आएपछि लोनको रकम बैंकले स्वतः खाताबाट तान्ने गर्छ। दोस्रो, ईएमआई अन्तर्गत उधारकर्ताले तलबभन्दा अलिकति बढी कर्जा लिन पाउछ जसमा लोन रकम ३ महिना, ६ महिना, ९ महिना वा १२ महिलाको किस्तामा तिर्न सक्छन्। तेस्रो, बाई नाउ पे लेटर (बीएनपीएल) सेवा अन्तर्गत ग्राहकले सामान किन्नलाई कर्जा लिन पाउँछन् । बैंक खातामा पैसा छैन तर टीभी किन्न मन लाग्यो भने बाई नाउ पे लेटर सुविधामार्फत बैंकबाट कर्जा लिएर किन्न सकिन्छ । त्यो कर्जा किस्तामा तिर्न सकिन्छ।

मोबाइल बैंकिङ्गबाट लोन प्राप्त गर्नको लागि स्टेपहरू

स्टेप १: आफ्नो मोबाइल बैंकिङ्ग एप खोल्नुहोस्। तपाईले आफ्नो मोबाइल बैंकिङ्ग एपको ड्यासबोर्डमा फोनलोनको ब्यानर देख्नुहुनेछ। "Apply Now" बटनमा क्लिक गर्नुहोस्।

स्टेप २: आफ्नो लोन लिमिट अनुसार आवश्यक लोन रकम राख्नुहोस्।

स्टेप ३: तपाईलाई उपयुक्त हुने भुक्तानी विकल्प छान्नुहोस् र EMI भुक्तानी सुरु हुने मिति राख्नुहोस्।

स्टेप ४: लोनको विवरणहरु र सेवा सर्तहरू जाँच गरी Proceed मा क्लिक गर्नुहोस्।

स्टेप ५: तपाईको मोबाइल नम्बरमा CVV कोड प्राप्त हुनेछ र उक्त कोड राखी “Confirm Loan” मा tap गर्नुहोस्।

स्टेप ६: लोन रकम तपाईको खातामा तुरुन्तै जम्मा हुनेछ।

यसरी सजिलै आफ्नो मोबाइल बैंकिङ्ग एपबाटै बिना कुनै धितो र कागजात बैंक पनि नगई सहज रुपमा लोन प्राप्त गर्न सकिन्छ। हाल फोनलोनको सुविधा भएको बैंकहरु

  • नबिल बैंक लिमिटेड
  • एभरेष्ट बैंक लिमिटेड
  • कुमारी बैंक लिमिटेड
  • लक्ष्मी सनराइज बैंक लिमिटेड
  • माछापुच्छ्रे बैंक लिमिटेड
  • एन आई सी एशिया बैंक लिमिटेड
  • प्रभु बैंक लिमिटेड
  • सिटिजन्स बैंक लिमिटेड

Similar Recent Articles

The Future of Mobile Banking in Nepal - Featured Image

The Future of Mobile Banking in Nepal

Transporting back ten years in time you’re out shopping and forget your wallet, you’d immediately pa...

Continue Reading
Dish Home TV को Recharge गर्न अझै धेरै सजिलो - मोबाइल बैंकिङ्गबाटै बिना कुनै झन्झट रिचार्ज गर्नुहोस् - Featured Image

Dish Home TV को Recharge गर्न अझै धेरै सजिलो - मोबाइल बैंकिङ्गबाटै बिना कुनै झन्झट रिचार्ज गर्नुहोस्

Dish Home नेपालको अग्रणी DTH सेवा प्रदायक हो जसले डिजिटल HD TV च्यानलहरू प्रदान गर्दछ। नेपाल भर उच्च...

Continue Reading
Banking Meets Fintech: The Impact of Collaboration in Finance - Featured Image

Banking Meets Fintech: The Impact of Collaboration in Finance

Human beings are inherently motivated by the pursuit of partnerships. Whether in life, relationships...

Continue Reading