Search Via Bank

Dish Home TV को Recharge गर्न अझै धेरै सजिलो - मोबाइल बैंकिङ्गबाटै बिना कुनै झन्झट रिचार्ज गर्नुहोस्

हामी अहिले डिजिटल युगमा बाँचिरहेका छौ । हामीहरु प्रायले हातमा स्मार्ट फोन बोकेका हुुन्छौ। सामाजिक सञ्जाल फेसबुुक, इन्टाग्राम, ट्वीटर पहिलेभन्दा अहिलेका पुस्ताहरुमा अझै धेरै चर्चित भइरहेका छन्। डिजिटल प्रविधिको द्रुत विकासले बैंक तथा वित्तय संस्था सँग हामीले गर्ने व्यवहार र सहकार्यमा समेत परिवर्तन ल्याएको छ। अनलाइन कारोबार गर्ने ग्राहकको संख्या बढेसँगै नेपालमा यतिबेला मोबाइल बैंकिङको ट्रेन्ड बढ्दो छ। पछिल्लो समय बैंकिङ्ग कारोबार सहज बन्दै गइरहेको छ। बैंकमा लाग्नुु पर्ने पट्यारलाग्दो लाइनबाट ग्राहकहरुले उन्मुक्ति पाउन थालेका छन्। साथै मोबाइल बैंकिङको माध्यमबाट कारोबार गर्ने ग्राहकको संख्यामा उल्लेख्य वृद्धि भएको छ। हाल नेपाल भरी मोबाइल बैंकिङ्ग प्रयोग गर्नेको संख्या १८ लाख भन्दा माथि पुगिसकेको छ।

मोबाइल बैंकिङ्गबाट आफ्नो पैसा व्यवस्थापन गर्न मिल्ने एक सुविधाजनक तरिका हो। यस डिजिटल प्रविधिको बैंकिङबाट काम छिटो छरितो ढंगबाट हुुने भएकाले आजको दिनमा मोबाइल बैंकिङ्गको प्रयोगकर्ताहरु बढिरहेको छ । ग्राहकहरुले मोबाइल बैंकिङको माध्यमबाट सजिलै बैंकिङ्ग सेवाहरु प्राप्त गर्न सकिन्छ। मोबाइल बैंकिङ्गको प्रयोगबाट यसका प्रयोगकर्ताले आफ्नो खातामा भएको पैसाको जानकारी, आफूले हालै गरेका कारोबारको जानकारी, विभिन्न बिल भुुक्तानी, आफ्नो खाताबाट रकम हस्तान्तरण जस्ता सुुविधाहरु प्रयोग गर्न सक्छन्। यसले मानिसको दैनिकीलाइ नै सहज बनाइरहेको छ।

 मोबाइल बैंकिङ्गबाटै Dish Home TV को रिचार्ज गर्नुहोस्

मोबाइल बैंकिङ्ग मार्फत ग्राहकहरुले खातामा भएको पैसाको जानकारी, आफूले हालै गरेका कारोबारको जानकारी, विभिन्न बिल भुुक्तानी, आफ्नो खाताबाट रकम हस्तान्तरण जस्ता सुुविधाहरु सजिलै पाउन सक्छन्। यति मात्र नभई मोबाइल बैंकिङ्गबाटै मोबाइल रिचार्ज, डाटा प्याकेज, फिक्स्ड डिपोजिट, र अन्य धेरै सेवा पनि प्राप्त गर्न सकिन्छ। साथै मोबाइल बैंकिङबाट सजिलै सँग Dish Home TV को पनि रिचार्ज गर्न सकिन्छ। 

Dish Home नेपालको अग्रणी DTH सेवा प्रदायक हो जसले डिजिटल HD TV च्यानलहरू प्रदान गर्दछ। नेपाल भर उच्च संख्यामा Dish Home TV का प्रगोयकर्ताहरु छन्। Dish Home TV का प्रगोयकर्ताहरुलाई अझै धेरै सहज सेवा प्रदान गर्दै मोबाइल बैंकिङ्गबाटै घरमै बसी रिचार्जको सुविधा प्रदान गर्दै आएका छन्। मोबाइल बैंकिङ्गबाटै Dish Home TV को रिचार्ज गर्नका लागि कृपया दिएको निम्न चरणहरू पूरा गर्नुहोस्।

स्टेप १: आफ्नो मोबाइल बैंकिङ्ग एप खोल्नुहोस् र Login गर्नुहोस्।


स्टेप २: Payments मा tap गर्नुहोस्।


स्टेप ३: Topup Payment मा tap गर्नुहोस्।


स्टेप ४: Dish Home TV मा tap गरी अगाडी बढ्नु]होस्।


स्टेप ५: आफ्नो Dish Home TV को Customer Id राखी Proceed मा tap गर्नुहोस्।


स्टेप ६: आफूलाई उपयुक्त प्याकेज छनोट गरी Proceed मा tap गर्नुहोस्।

                             


स्टेप ७: आफ्नो विवरणहरु राम्ररी जाच गरी Proceed मा tap गरुहोस्।


स्टेप ८: आफ्नो Transaction Pin number, Fingerprint वा Face id राख्नुहोस्।


स्टेप ९: तपाईको Dish Home TV को रिचार्ज सफलतापुर्वक हुनेछ।

यी चरणहरू प्रयोग गरी आफ्नो Dish Home TV को रिचार्ज सजिलै सँग गर्न सक्नुहुनेछ। अझै पनि मोबाइल बैंकिङ चलाउनु भएको छैन भने आजै Google Play Store वा App store मा गई आफ्नो सम्बन्धित बैंकको मोबाइल बैंकिङ एप डाउनलोड गरी सम्पूर्ण बैंकिङ सुविधा आफ्नै मोबाइलमै पाउनुहोस्। साथै मोबाइल बैंकिङ ग्राहकहरुका प्रोत्साहनका लागि उत्क्रिष्त उपहारहरु पनि प्रदान गरिन्छ।



Similar Recent Articles

Fonepay Celebrates Six Years of Enabling Seamless Digital Payments Across Nepal - Featured Image

Fonepay Celebrates Six Years of Enabling Seamless Digital Payments Across Nepal

Fonepay marked its sixth anniversary on November 7, 2025, marking yet another year of supporting Nep...

Continue Reading
Applications of AI in Banking & Finance - Featured Image

Applications of AI in Banking & Finance

Artificial Intelligence is one of the most powerful tools that can shape the business world of today...

Continue Reading
Top 7 Mobile Banking Features You Should Be Using in 2025 - Featured Image

Top 7 Mobile Banking Features You Should Be Using in 2025

Mobile banking in Nepal has come a long way, making daily transactions easier and more convenient. M...

Continue Reading