Search Via Bank

मोबाइल बैंकिङ बाट Data Package खरिद गर्ने सजिलो प्रक्रियाहरु

मोबाइल प्रविधिको क्रमिक विकास सँगै आजको संसारमा सकारात्मक रूपमा परिवर्तन भएको हामीले देख्न सक्छौँ। मोबाइल प्रविधिको प्रयोग मार्फत आज हामी विश्व भरी कुनै पनि ठाउँमा सजिलै सँग सम्पर्क गर्न सकिन्छ। हामी अहिले डिजिटल युगसँगै अगाडि बढिरहेका छौँ। अहिलेको डिजिटल जमानामा प्राय हामी सबैको हातमा स्मार्ट फोन हुने गर्छ। प्रविधिको विकासका कारण हाम्रो दैनिक सहकार्यमा समेत परिवर्तन आएको छ। मोबाइल प्रविधिको विकासका कारण हाम्रो दैनिक सहकार्यमा मात्र नभई यसले बैंक तथा वित्तीय संस्थाहरुमा पनि राम्रो परिवर्तन ल्याएको छ। मोबाइल बैंकिङको उद्घाटन सँगै बैंकिङ क्षेत्रला   ई धेरै सहज बनाइदिएको छ।

नेपालमा अहिले मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या बढे सँगै अनलाइन कारोबार गर्ने ग्राहकहरुको संख्या बढ्दै गइरहेको छ। पछिल्लो समय बैंकिङ कारोबार सहज बन्दै गइरहेको छ। मोबाइल बैंकिङको प्रयोग सँगै ग्राहकहरुले बैंकिङ सुविधा सजिलै सँग प्राप्त गरेको देख्न पाइन्छ। बैंकमा लाग्नु पर्ने पट्यार लाग्दो लाइनबाट ग्राहकहरुले उन्मुक्ति पाउन थालेका छन्।  मोबाइल बैंकिङ प्रयोग गर्दा काम छिटो छरितो र सरलता ढंगबाट हुने भएकाले यसको प्रयोजन बढिरहेको हामीले देख्न सक्छौ।

मोबाइल बैंकिङ भनेको के हो?

एकदमै सरल भाषामा बुझ्नु पर्दा, मोबाइल बैंकिङ भनेको  बैंक वा अन्य वित्तीय संस्थाले उपलब्ध गराएको सेवा हो जसको मार्फत ग्राहकहरूले स्मार्टफोन मोबाइल प्रयोग गरेर बैंकिङ सेवा र सुविधा सजिलै सँग प्राप्त गर्न सक्छन्। यसबाट ग्राहकहरुलाई कारोबार गर्न अनुमति दिन्छ। पहिले पहिले एउटा बैंकबाट अर्को बैंकमा पैसा पठाउन धेरै समय लाग्ने कुराहरू पनि अहिले तुरुन्तै मोबाइल बैंकिङ बाट केही मिनेटमै पठाउन सकिन्छ। पैसा ट्रान्सफर मात्र नभई यसबाट ग्राहकहरुले बैंक खाताको विवरण, बिल भुक्तानी, बिजुली तथा पानीको बिल भुक्तानी साथै अन्तर्राष्ट्रिय उडान टिकटको आरक्षण सहज तरिकाले गर्न सकिन्छ।
अहिलेको डिजिटल युगमा सबै कुरा एकदम सजिलो भएको छ। मोबाइल बैंकिङको कारण हाम्रो धेरै समयको बचत भएको छ। मोबाइल बैंकिङको धेरै विशेषताहरु मध्ये एउटा फाइदाजनक विशेषता भनेको यसको चौबिसै घण्टा  उपलब्धता हो। मोबाइल बैंकिङको यो सुविधाबाट ग्राहकहरुले बैंकको सेवा जति बेला र जुनसुकै समयमा पनि प्राप्त गर्न सकिन्छ। अन्य धेरै सुविधाहरु मध्ये मोबाइल बैंकिङ मार्फत मोबाइलको ब्यालेन्स रिचार्ज तथा मोबाइल डाटा पनि सरलता पूर्वक खरिद गर्न मिल्छ। आजको यस लेखमा हामी मोबाइल बैंकिङ बाट मोबाइल डाटा खरिद गर्ने सजिलो प्रक्रियाहरु जानकारी दिन्छौँ।
मोबाइल बैंकिङ बाट मोबाइल डाटा खरिद गर्ने प्रक्रियाहरु

स्टेप १: आफ्नो मोबाइल बैंकिङ एपमा Login गर्नुहोस्।


स्टेप २: मोबाइल बैंकिङ एपमा Login भएपछि Payments मा क्लिक गर्नुहोस्।


 

स्टेप ३: Payments मा क्लिक गरी सकेपछि Data Package मा क्लिक गर्नुहोस्।


 

स्टेप ४: Data Package मा क्लिक गरी सकेपछि तपाईको मोबाइल स्क्रिनमा NTC Data Pack र Ncell Data Pack को  विकल्पहरू देख्न सक्नुहुन्छ। आफूलाई चाइने Data Pack छनोट गर्नुहोस्।

                                     
 

स्टेप ५: आफूलाई चाइने Data Pack छनोट गरी सकेपछि आफ्नो मोबाइल नम्बर हाल्नुहोस्।


 

स्टेप ६: आफूले हालेको सबै विवरणहरु जाँच गर्नुहोस् र Proceed मा क्लिक गर्नुहोस्।


 

स्टेप ७: Transaction Pin, Face Id वा Fingerprint हालेर प्रक्रिया जारी गर्नुहोस्।


 

स्टेप ८: Success message तपाईको मोबाइल स्क्रिनमा आउँछ र Data Pack तपाईको फोनमा credit हुन्छ।

यसरी तपाईले सजिलो तरिकाले छिटो र छरितो समयमा मोबाइल बैंकिङ बाट कुनै पनि Data Package खरिद गर्न सक्नु हुनेछ। 
 


Similar Recent Articles

Fonepay Celebrates Six Years of Enabling Seamless Digital Payments Across Nepal - Featured Image

Fonepay Celebrates Six Years of Enabling Seamless Digital Payments Across Nepal

Fonepay marked its sixth anniversary on November 7, 2025, marking yet another year of supporting Nep...

Continue Reading
Applications of AI in Banking & Finance - Featured Image

Applications of AI in Banking & Finance

Artificial Intelligence is one of the most powerful tools that can shape the business world of today...

Continue Reading
Top 7 Mobile Banking Features You Should Be Using in 2025 - Featured Image

Top 7 Mobile Banking Features You Should Be Using in 2025

Mobile banking in Nepal has come a long way, making daily transactions easier and more convenient. M...

Continue Reading